नेपाल टेलिभिजनकर्मी ढुंगेल सम्मानित

रामेछाप – नेपाल टेलिभिजनकर्मी हिमाल ढुंगेल ‘फोनिज रामेछाप खोज पत्रकारिता वर्ष पुरस्कार–२०८३’ बाट सम्मानित हुनुभएको छ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले आयोजना गरेको कार्यक्रममा मन्थली नगरपालिकाका नगर प्रमुख लव श्रेष्ठले पत्रकार ढुंगेललाई नगद, प्रमाणपत्र र देसल्ला सहित सम्मान गर्नुभएको हो।

त्यसैगरी, ‘फोनिज रामेछाप उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार–२०८३’ बाट पत्रकार ललिता हायुलाई सम्मान गरिएको छ ।

पत्रकारिताको माध्यमबाट समाजका विभिन्न विषयवस्तुलाई उजागर गर्दै खोज तथा जनसरोकारका विषयमा योगदान पुर्‍याएकोमा उहाँहरुलाई सम्मान गरिएको (फोनिज) रामेछापले जनाएको छ ।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.