वर्षाले दियो राहत

काठमाडौं उपत्यकामा मात्रै ९.८ मिलिलिटर वर्षा भएको छ

काठमाडौं– देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभावका कारण हिजो राति वर्षा भएको छ । वर्षासँगै झण्डै हप्तादिनदेखि प्रदुषित बनेको काठमाडौं उपत्यकामा राहतको महसुस गरिएको छ ।

डढेलो लगायतका वातावरणीय प्रदुषणका कारण सबैभन्दा बढी प्रभावित रहेको काठमाडौं उपत्यकामा जनजीवन उकुसमुकुस बनेको थियो । वातावरणीय प्रदुषणका कारण मानव स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै सम्बन्धित चिकित्सकले अत्यावश्यक काम वाहेक बाहिर ननिस्कन र निस्कनै परेमा अनिवार्य मास्क लगाउन सुझाव दिएका थिए ।

राती परेको वर्षाले काठमाडौं उपत्यकाको वायुमण्डलमा जमेको प्रदुषण हट्न मद्दत गरेको भनाई मौसमविदहरुको छ । लामो समयदेखि पानी नपरेको अवस्था एकाएक भएको बर्षाले काठमाडौं उपत्यकावासी राहत महसुस गरेका हुन् । काठमाडौं उपत्यकामा मात्रै ९.८ मिलिलिटर वर्षा भएको छ ।

यसैगरी प्रदेश नम्बर १ , बागमती र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा वर्षा भएको र सबैभन्दा बढी गोर्खमा २१ दशमलव ६ मिलिलिटर वर्षा भएको मौसम विभागले जनाएको छ ।

यसैबीच देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदलिको अवस्था रहेको छ भने बाँकी भू-भागहरुमा बदली नरहेता पनि तुवाँलो रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.