आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्न माओवादी र जसपासँग कांग्रेसको प्रस्ताव

माओवादी सकारात्मक देखिएको छ । तर, जसपाले भने पार्टीभित्र आन्तरिक छलफल गरेर निर्णयमा पुगिने बताएको छ

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्न माओवादी र जसपासँग औपचारिक प्रस्ताव राखेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको कांग्रेस, माओवादी र जसपाको बैठकमा कांग्रेसले नयाँ सरकार आफ्नो पार्टीको नेतृत्वमा बनाउन प्रस्ताव गरेको हो । बैठकमा माओवादी केन्द्र सकारात्मक देखिएको छ । तर, जसपाले भने पार्टीभित्र आन्तरिक छलफल गरेर निर्णयमा पुगिने बताएको छ ।

माओवादीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा सभापति देउवाले कांग्रेसको नेतृत्वमा सरकार बनाउने निर्णयमा आफूहरुको धारणा बुझेको बताउनुभयो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बैठक सत्ता समीकरणका लागि थालिएको पहल भएको बताउनुभयो ।

बैठकमा सत्ता समिकरणका बारेमा निरन्तर छलफल गर्ने सहमति भएको नेताहरुले जनाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.