ओलम्पिक टर्च र्‍याली स्थगित गर्न सेइको लचिलो

टोकियो– टोकियो ओलम्पिक आयोजक कमिटीका अध्यक्ष सेइको हासिमोतोले कोरोना भाइरसको संक्रमण धेरै भएका स्थानहरुमा ओलम्पिक टर्च र्‍याली स्थगित गर्ने विषयमा कमिटी लचिलो रहेको बताउनुभएको छ ।

ओलम्पिक आयोजनाको मिति नजिकिदै गर्दा कोरोनाको संक्रमण फेरि बढ्न थालेपछि सुरक्षित खेल आयोजनाका लागि सम्झौता नगरी निर्णय हुने अध्यक्ष हासिमोतोले बताउनुभयो । तत्कालका लागि टर्च र्‍यालीमा सहभागीहरुको संख्या घटाइएको पनि उहाँले बताउनुभयो ।

जापानमा खोप अभियान जारी रहँदा भाइरसका संक्रमितको संख्या फेरि बढ्न थालेको छ । गत हप्ता नै आयोजना गर्ने भनिएको प्रारम्भिक चरणका खेलहरु स्थगित गरिएको बारेमा जवाफ दिनुहुदै उहाँले सुरक्षित खेलका लागि प्रयास भइरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.