पाण्डे उपप्रधानमन्त्रीको प्रेस सल्लाहकार

काठमाडौं– उपप्रधानमन्त्री ईश्वर पोखरेलको प्रेस सल्लाहकारमा गणेश पाण्डे नियुक्त हुनुभएको छ ।

मन्त्रिपरिषदको बैठकले प्रथम श्रेणीको सुविधासहित पाण्डेलाई प्रेस सल्लाहकार नियुक्त गरेको हो । पोखरेलका प्रेस सल्लाहकार लोकेन्द्र केसी उपप्राध्यापक भएपछि पाण्डेलाई प्रेसको जिम्मा दिइएको हो ।

पाण्डे प्रेस चौतारी, नेपालका उपाध्यक्ष हुनुहुन्छ ।

दुई दशकदेखि छापा, विद्युतीय तथा अनलाइन पत्रकारितामा रहनुभएका पाण्डेको निर्देशनमा बनेका वृत्तचित्रले देशविदेशमा दर्जनौं अवार्ड जितेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.