कर्णाली प्रदेशमा नयाँ सरकार बनाउने कसरत

कर्णाली प्रदेशसभाको सातौँ हिउँदे अधिवेशन आगामी वैशाख ३ गते आह्वान

काठमाडौं– कर्णाली प्रदेशसभाको सातौँ हिउँदे अधिवेशन आगामी वैशाख ३ गते आह्वान गरिएको छ ।

प्रदेश सरकारको सिफारिसमा प्रदेशप्रमुख गोविन्दप्रसाद कलौनीले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम आगामी वैशाख ३ गते दिउँसो २ बजे अधिवेशन आह्वान गर्नुभएको हो । कर्णाली प्रदेशसभाको ठूलो दल नेकपा एमालेले माओवादी केन्द्र नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ ।

एमाले दलको बैठकले चैत ५ गतेदेखि लागू हुने गरी माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीलाई यसअघि दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । समर्थन फिर्ता लिएसँगै एमालेबाट सरकारमा सहभागी तीनजना मन्त्रीले राजीनामा दिइसकेका छन् ।

एमालेले समर्थन फिर्ता लिएको मितिले ३५ दिनभित्र मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने कानूनी व्यवस्था छ । वैशाख ३ गते एमालेले समर्थन फिर्ता लिएको ३५ दिन पूरा हुने हुँदा सो बैठकलाई चासोका साथ हेर्न थालिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.