जिल्ला प्रशासन कार्यालय गुल्मी ५ दिन अत्यावश्यक बाहेकका सेवा बन्द हुने

गुल्मी- जिल्ला प्रशासन कार्यालय गुल्मीमा ५ दिन अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने भएको छ । बुधवार सवारी दुर्घटनामा जिल्ला प्रशासन कार्यालय गुल्मीका ४ जना कर्मचारीको मृत्यु भएको शोकका ५ दिन कार्यालयका सेवाहरु बन्द गरिने भएको हो ।

गुल्मीबाट नयाँ वर्ष मनाउन जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सहितको टोली धार्मिक तीर्थस्थल प्युठानको स्वर्गद्वारी जाने क्रममा प्यूठानको स्वर्गद्वारी नगरपालिका-३ रुमालेमा दुर्घटनामा मृत्यु भएकाहरुको शोकमा कार्यालयका अत्याबश्यक बाहेक सबै सेवा बन्द गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थीले बताउनु भयो ।

प्यूठानको स्वर्गद्वारी नगरपालिका-३ रुमालेमा जीप दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका ७ जनालाई लाई बुधवार नै नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याएर उपचार भइरहेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.