कोरोना विरुद्धको खोप कार्यक्रम सम्पन्न गरेको मुलुक चिलीमा संक्रमण फेरि नियन्त्रण बाहिर

चिलीमा खोप कार्यक्रम सम्पन्न हुँदा पनि कोरोना संक्रमण व्यापक रुपमा बढेपछि पुनः लकडाउन गरिएको छ । चिलीका स्वास्थ्य मन्त्री एन्रिक पेरिसले महामारी शुरु भएयताकै सबैभन्दा बढी संक्रमण भएको भन्दै पुनःकडा लकडाउनमा जानुपर्ने अवस्था आएको बताउनु भएको हो ।

चिलीमा अप्रिल ९ मा एकै दिनमा ९ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका थिए । यो संख्या अहिलेसम्मकै उच्च हो । गत वर्ष मध्य जुनमा संक्रमण उच्च भएका बेला पनि दैनिक संक्रमण ७ हजारभन्दा कम थियो ।

चिलीका अस्पतालका सघन उपचार कक्षहरु कोरोनाका विरामीले भरिएका छन् । संक्रमण नियन्त्रण बाहिर गएपछि सरकारले लकडाउन गरेर त्यहाँ बसोबास गर्ने १ करोड ८० लाख नागरिकलाई घर बाहिर ननिस्कन अनुरोध गरेको छ ।

नागरिकको जीवन रक्षाका लागि असहज भएपनि लकडाउनमै जानुपर्ने अवस्था आएको बताइएको छ । चिली विश्वमै कोरोना विरुद्धको खोप कार्यक्रम छिटो सम्पन्न गर्ने मुलुक हो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.