नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आज

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा १४औं महाधिवेशन र सत्ता समिकरणको विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

यसअघि चैत २७ गतेका लागि डाकिएको बैठक दुई पटक स्थगित भइसकेको छ। २७ गते सभापति शेरबहादुर देउवा निवासमा सरकारको नेतृत्व लिनेबारे तीन दलको बैठक डाकेकाले केन्द्रीय समिति रोकिएको थियो।

स्थगित बैठक ३० गतेका लागि तोकिएको थियो। उक्त दिन वरिष्ठ नेता रामचन्द्र पौडेललाई भातृ शोक परेकाले बैठक स्थगित भएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.