रामबहादुर थापा पुन: गृहमन्त्रीमा नियुक्त

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा नेकपा (एमाले) का नेता रामबहादुर थापालाई गृहमन्त्रीमा नियुक्त गर्नुभएको छ ।

नेपालको संविधानको धारा ७८ को उपधारा (१) बमोजिम थापालाई राष्ट्रपति भण्डारीले मन्त्रीमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट विसं २०७४ को राष्ट्रियसभा सदस्य निर्वाचनमा वाग्मती प्रदेशबाट निर्वाचित हुनुभएको थापाले दल त्याग गरेको सूचना माओवादी केन्द्रले राष्ट्रियसभा सचिवालयमा गराएको थियो ।

थापाले दलत्याग गरेको भनी राष्ट्रियसभाले आइतबार सूचना जारी गरेपछि उनी पदमुक्त भएका थिए । सांसदबाट पदमुक्त भएपछि थापा मन्त्री पदबाट पनि स्वत: मुक्त हुनुभएको थियो । अहिले उहाँ सांसद सदस्य नभएका व्यक्ति मन्त्री हुने अर्को संवैधानिक व्यवस्था अनुसार मन्त्री हुनभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.