वैशाखभर विद्यालय बन्द गर्ने सरकारको निर्णय

सहरी क्षेत्रका विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गरिने

काठमाडौं– सरकारले वैशाखभर कोभिड १९ प्रभावित सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको आज बिहान बसेको बैठकले कोरोना संक्रमण जोखिमका कारण वैशाखभर सार्वजनिक तथा निजी विद्यालय बन्द गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङफेले जानकारी दिनुभयो । यातायातसहितका सार्वजनिक स्थानमा मापदण्ड बनाएर सञ्चालन गर्न सरकारले आजै राजपत्रमा सूचना प्रकाशित गर्नेछ ।

कोभिड १९ प्रभावित सहरी क्षेत्रका विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

बैठकले चालू हिउँदे अधिवेशन आज दिउँसो १ बजेबाट अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

पुस ५ गते विघटन भएर सर्वोच्च अदालतको फैसलापछि फागुन ११ गते पुनःस्थापित प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते सुरु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.