एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै

काठमाडौं- नेकपा एमाले राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्दै छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा विभिन्न एजेन्डामाथि छलफल हुने बताइएको छ ।नेकपा एमालेको केन्द्रीय कमिटी राष्ट्रिय महाधिवेशन आयोजक कमिटीमा रुपान्तर भएपछि आज पहिलो पटक बैठक बस्न लागेको हो।

बैठकमा अनिवार्य उपस्थित हुन सदस्यहरुलाई आग्रह गरिएको छ। बैठकमा राजनीतिक प्रतिवेदन, कार्यविभाजन, केही संगठनात्मक प्रस्ताव, उपनिर्वाचनको तयारी र समसामयिक प्रस्ताव लगायतका विषयहरुमा छलफल हुने कार्यसूची तय भएको नेताहरुले जानकारी दिनु भएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.