एकैदिन थपिए २,३५१ संक्रमित

काठमाडौं– नेपालमा कोरोनाभाइरसका दुई हजार ३५१ जना नयाँ सङ्क्रमितको पहिचान भएको छ ।

पछिल्लो २४ घण्टामा आठ हजार ८४४ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा सो सङ्ख्यामा संक्रमित भेटिएका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कोभिड १९ सम्बन्धी नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले पछिल्लो संक्रमण विगत ६ महिना यताकै सर्वाधिक रहेको बताउनुभयो ।

पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका हाल दश हजार ५८२ जना सक्रिय संकमित रहेको जानकारी दिनुभयो । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ८०३ जनाको एन्टीजेन परीक्षण गरेकोमा १३१ जनामा पोजिटिभ पाइएको जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २८७ जना सङ्क्रमित निको भएका छन् । सङ्क्रमित निको हुने दर ९५.३ प्रतिशतमा झरेको छ ।

यसैबीच काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमण दर बढिरहेको देखिएको छ । पछिल्लो २४ घण्टामा उपत्यकामा मात्रै एक हजार ५१ जना सङ्क्रमित पहिचान भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा थप ७८६ जना, ललितपुरमा १८१ र भक्तपुरमा थप ८४ जनामा सङ्क्रमण पुष्टि भएको छ । देशभर सङ्क्रमित पहिचान भएकाेमा उपत्यकामा मात्र करिब ४५ प्रतिशत सङ्क्रमित पहिचान भएको मन्त्रालयको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.