एमालेमा संवादहीनता तोडियो, प्रधानमन्त्री ओली र नेता नेपालबीच वार्ता

काठमाडौं– सत्तारुढ नेकपा एमालेमा लामो समयदेखिको संवादहीनता तोडिएको छ ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार साँझ २ घण्टा भेट भएको छ । उहाँहरूबीच नागपोखरीस्थित होटल मेरियटमा भेटवार्ता भएको हो ।

सुरुमा अर्थ मन्त्रालयको कार्यक्रमका लागि मेरियटमा नै रहनुभएका अर्थमन्त्री एवं एमाले नेता विष्णु पौडेल सहभागी हुनुभएको थियो । तर, दुवै नेताबीच वार्ता सुरु भएपछि पौडेल बाहिरिनुभएको थियो ।

मंगलबार एमाले संसदीय दलका नेतासमेत रहनुभएका प्रधानमन्त्री ओलीले माधव नेपालसहित २७ संघीय सांसद र पाँच जना कर्णाली प्रदेशका सांसदलाई स्पष्टीकरण सोध्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.