थापाथलीबाट एमालेको नयाँ कार्यालय सञ्चालन

काठमाडौं– सत्तारुढ नेकपा एमालेको केन्द्रीय कार्यालय आजदेखि थापाथली हाइटबाट सञ्चालन भएको छ। कार्यालय सञ्चालनमा आएसँगै बिहीबार प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले निरीक्षण गर्नुभएको छ ।

तीन रोपनी क्षेत्रफलमा फैलिएको उक्त कार्यालयमा पार्टी अध्यक्ष, महासचिव, विदेश विभाग प्रमुख, सङ्गठन विभाग प्रमुखलगायतका कार्यकक्ष सहित १२ कोठा छन् ।

एमालेले चक्रपथ विस्तारका क्रममा कार्यालयमा आउजाउ गर्न कठिन हुने भएकाले पार्टी मुख्यालय थापाथलीमा सारेको हो । विसं २०७२ को भूकम्पले बल्खु, मदननगरस्थित पार्टी मुख्यालय भत्किएपछि एमालेले धूम्रबाराहीस्थित प्रतिष्ठानको कार्यालय भाडामा लिई सञ्चालन गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.