काठमाडौंसहित देशका विभिन्न भागमा वर्षा

काठमाडौं– हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभावका कारण देशका धेरै स्थानमा वर्षा भएको छ ।

काठमाडौं सहित देशका केही भागमा बिहीबार बिहान वर्षा भएको हो । प्रदेश २, बागमती प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदूर पश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली हुने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

अन्य प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली हुने सम्भावना छ । देशका केही स्थानहरुमा तुवाँलोको सम्भावना छ ।

सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानहरु तथा अन्य प्रदेशका पहाडी भू(भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.