आइपीएलमा दिल्लीले हैदरावादलाई सुपरओभरमा हरायो
भारत- इन्डियन प्रिमियर लिग आइपीएलमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादलाई सुपर ओभरमा पराजित गरेको छ ।
सुपर ओभरमा सात रनको जीत लक्ष्य पाएको दिल्लीले अन्तिम बलमा ८ रन बनाउँदै यो जीत हात पारेको हो । यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १५९ रन बनाएको थियो ।
१६० रनको विजय लक्ष्य बोकेर ब्याटिङमा आएको हैदरावादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५९ रनमै समेटिएपछि खेल बराबरीमा टुङ्गिएर सुपर ओभरमा गएको थियो ।
यो जीतसँगै दिल्ली अंक तालिकामा पाँच खेलमा चारमा जीत र एकमा हारसहित दोस्रो स्थानमा उक्लिएको छ । हिजै सम्पन्न अर्को खेलमा चेन्नई सुपरकिङ्ग्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई ६९ रनको फराकिलो जीत निकाल्दै शीर्ष स्थानमा उक्लिएको हो ।
आज साँझ भने पञ्जाव किङ्स र कोलकाता नाइटराइडर्सबीच नरेन्द्र मोदी स्टेडियममा आमनेसाने हुँदैछ ।।
प्रतिक्रिया राख्नुहोस्