सराङकोटमा महायज्ञबाट संकलित रकमबाट शिवमन्दिर निर्माण

कास्की- कास्कीको सराङकोटमा शिवमन्दिर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

सराङकोटलाई धार्मिक एवम् पर्यटकीय क्षेत्रका रुपमा देश विदेशमा चिनाउने मुख्य उद्देश्यका साथ मन्दिर निर्माण गरिएको हो । मन्दिर निर्माणको काम ८० प्रतिशत सम्पन्न भएको छ ।

भक्तपुरस्थित कृष्ण मन्दिरको शैलीमा सो मन्दिर निर्माण गरिएको छ । जसका लागि प्रयोग हुने सम्पूर्ण सामाग्री र जनशक्ति पनि भक्तपुरबाटै लगिएको छ । मन्दिर निर्माणमा हालसम्म र६ करोड रुपयाँ भन्दा बढी खर्च भइसकेको जनाइएको छ ।

विभिन्न समयमा महायज्ञ गरी उठेको रकमबाट निर्माण कार्य जारी राखिएको सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिका कोषाध्यक्ष शिवप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।

यतिवेला हवन कुण्ड तथा वाल निर्माण, तामाको पाताबाट छाना मोड्ने र एक सय आठ शिवलिङ्ग स्थापनाको तयारी पनि भइरहेको छ । मन्दिर यसै वर्षको शिवरात्रीसम्ममा सम्पन्न गर्ने योजना पनि बनाइएको छ ।

गाउँलेहरुले मन्दिर निर्माणका लागि वि.स. २०६१ मा महायज्ञ गरी तदर्थ समिति गठन गरेका थिए भने २०७५ मा पनि महायज्ञ लगाइएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.