कोरोना संक्रमण बढ्दै गएपछि निषेधाज्ञामा कडाइ: आज मध्यरातबाट आन्तरिक उडान बन्द

बैशाख २२ गतेबाट अन्तराष्ट्रिय उडान पनि बन्द हुने

काठमाडौं- कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञाको पालना गर्न सरकारले आग्रह गरेको छ । स्थानीय प्रशासनले कोभिड- १९ संक्रमणको अवस्था हेरी देशका दर्जनौ जिल्लामा पू्र्ण तथा आ‌शिक निषेधाज्ञा जारी गरेकोको अवस्थालाई ध्यान दिन आग्रह गरिएको हो ।

यसैबीच, काठमाडौै उपत्यकामा निषेधाज्ञालाई थप कडाई गर्न सुरक्षा चेकजाँच र निगरानी बढाइएको छ । अनावश्यक रुपमा घर बाहिर ननिस्कन र अनावश्यक सवारी साधन समेत नचलाउन गृह मन्त्रालयले आग्रह गरेको छ ।

यसैगरी, आज मध्यरातिबाट आन्तरिक उडान बन्द हुने भएको छ ।

हिजो बसेको मन्त्रिपरिषद्को बैठकले आज मध्यरातिबाट आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको हो । यस्तै बैठकले वैशाख २२ गतेको मध्यरातीबाट अन्तराष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले जानकारी दिनुभयो ।

सरकारले काठमान्डौ उपत्यकामा निषेधाज्ञा जारी गरे पनि आन्तरिक तथा अन्तराष्ट्रिय उडान भने बन्द गरेको थिएन । नेपालमा दिनहुँ संक्रमण दर उच्च भएकोले सरकारले उडान बन्द गर्ने निर्णय गरेको हो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.