नेपाली काँग्रेस पदाधिकारीहरुको बैठक बस्दै

काठमाडौं- नेपाली काँग्रेसको पदाधिकारी बैठक आज बस्दैछ ।

सभापति शेरवहादुर देउवाको निवासमा बस्न लागेको पदाधिकारी बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुने नेताहरुले जानकारी दिएका छन ।

हिजो  मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय गरेलगत्तै आज प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको बैठक बस्न लागेको हो ।

हिजो मात्र राष्ट्रपति विद्यादेवी भण्डारीले,  प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि यही बैशाख २७ गते सोमबार संसदको विशेष अधिवेशन आव्हान गर्नुभएको हो ।

यसैगैरी, लुम्बिनी प्रदेशमा हिजो आइतवार भएका राजनीतिक घटनाक्रमका बारेमा पनि बैठकमा छलफल हुने नेताहरुको भनाइ छ । सभापति देउवाले हिजै लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको राजिनामा र पुनर्नियुक्ति असंवैधानिक भन्दै विरोध जनाइसक्नुभएको छ ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.