चट्याङ लागेर वडासदस्यको मृत्यु

बैतडी- बैतडीमा चट्याङ लागेर वडासदस्यको मृत्यु भएको छ । हिजो राती साढे ८ बजे परेको चट्याङले पञ्चेश्वर गाउँपालिका-६ का वडा सदस्य गोविन्द सिंह भण्डारीको मृत्यु भएको हो ।

घर नजिकैको अन्न पिध्ने मिलमा काम गरिरहेका बेला भण्डारीलाई चट्याङ लागेको र घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रवक्त दर्शन खड्काले बताउनुभयो ।

मृतक भण्डारीको शव पोष्टमार्टमा लागि जिल्ला अस्पताल ल्याउने तयारी भईरहेको खड्काले बताउनुभयो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.