काठमाडौंसहित ६२ जिल्लामा निषेधाज्ञा जारी

काठमाडौं– कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यका लगायत विभिन्न जिल्लामा जारी गरिएको निषेधाज्ञा अहिलेपनि कायमै छ ।

हालसम्म देशका ६२ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । ४८ जिल्लामा पूर्ण र बाँकी जिल्लामा क्षेत्र निर्धारण गरी निषेधाज्ञा जारी गरिएको गृह मन्त्रालयले जनाएको छ ।

संक्रमणको दर दिनहुँ बढिरहेकोले निषेधाज्ञामा थप कडाइ गरिएको छ । अत्यावश्यक पसलहरु बिहान ७ बजेदेखि ९ बजे सम्म मात्र खोल्नका लागि अनुमति दिइएको छ ।

निषेधाज्ञाका अवधिमा तोकिएका समयमा मात्र खाद्य लगायतका अत्यावश्यक सामाग्री खरिद गर्न र अनावश्यक रुपमा हिडडुल र सवारी साधन समेत नचलाउन सरकारले आग्रह गरेको छ । राजधानी बाहेक देशका विभिन्न सहरी क्षेत्रमा ५०० बढी र पहाडका २०० बढी संक्रमित हुने जिल्लामा निषेधाज्ञा लगाउने अधिकार स्थानीय प्रशासनलाई दिइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.