नेपालमा ८८५० जना कोरोना भाइरस संक्रमित थपिए

काठमाडौं- नेपालमा आज ८८५० जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको १८७८७ जनाको पीसीआर र ५०६ एन्टीजेन परीक्षणमा ८८५० जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा ४०२२ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । नेपालमा निको हुने दर ७८ दशमलव ७ प्रतिशत रहेको छ ।

कोरोना संक्रमणबाट नेपालमा गत २४ घण्टामा ५२ जनाको मृत्यु भएको छ । विभिन्न मितिमा कोरोना संक्रमणका कारण मृत्यु भएका २६ जना गरी २४ घण्टामा ८८ जनाको निधन भएको तथ्यांक थप भएको छ ।

गत २४ घण्टामा काठमाडौंमा ३१६१, भक्तपुरमा ५०४ र ललितपुरमा ५३३ गरी उपत्यकामा ४१९८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.