नेपाल सुपर लिग : काठमाडौँ शीर्ष स्थानमा रहँदै प्ले अफमा

काठमाडौं- नेपाल सुपर लिगअन्तर्गत हिजो भएको अन्तिम खेलमा काठमाडौंँ रेजर्सले एफसी चितवनलाई २–१ गोलअन्तरले पराजित गरेको छ ।

कुल ६ खेलबाट १३ अंक जोडेको काठमाडौँ लिगको शीर्ष स्थानमा रहँदै प्ले अफमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा काठमाडौंका लागि विदेशी मेसोउके ओलोमोऊ र संजोग राईले एकएक गोल गरेका थिए । चितवनका लागि सान्त्वना गोल राजीव लोप्चनले गरेका थिए ।

खेलको १७ औंँ मिनेटमा काठमाडौँका ओलोमोउले गोल गरेका हुन् । यसैगरी खेलको ३४ औंँ मिनेटमा संजोग राईले काठमाडौँका लागि दोस्रो गोल गरेका थिए ।

उता चितवनका लागि खेलको ४०औंँ मिनेटमा राजीव लोप्चनले मात्र गोल गरेका थिए । चितवनले लिगका कुनै पनि खेल जित्न सकेन । चितवनले ६ खेल मध्ये चारमा हार तथा दुई खेलमा बराबरी खेल्यो ।

काठमाडौंँले अब फाइनल प्रवेशका लागि भोलि धनगढी एफसीसँग प्लेअफमा खेल्नेछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.