भारतमा कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनमा समस्या

कोरोना संक्रमण उच्च भएको भारतमा मृतकको संख्या अत्याधिक हुनथालेपछि शव व्यवस्थापनमा समस्या भएको छ ।

बीबीसीका अनुसार उत्तरी भारतको गंगा नदी किनारामा मात्रै करीव ४० भन्दा बढी शवको एकसाथ व्यवस्थापन गरिएको छ ।

भारतको विहार र उत्तर प्रदेश राज्यमा कोभिडबाट मृत्यु भएका सर्वसाधारणको शवहरु एकैपटक दहन गरिएको समाचारमा जनाइएको हो ।

ठूलो संख्यामा मृतकको शव त्यहाँ ल्याइएकोबारे स्पष्ट नभएपनि ती सबै शवहरु कोरोनाबाट मृत्यु भई अलपत्र परेकाहरुको हुनसक्ने आशंका गरिएको छ ।

समाचारका अनुसार नदी किनारामा आधा जलाई छोडिएका सयौं शवहरु अझै यत्रतत्र छन् जस्का कारण पर्यावरणीय समस्या हुन सक्ने खतरा छ ।

भारतमा कोरोनाबाट अहिले दैनिक ४ लाख भन्दा बढी मानिस संक्रमित हुने गरेका छन् भने एकैदिन ४ हजारभन्दा बढीको मृत्यु हुने गरेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.