शुक्रराज अस्पतालमा किट अभावले पीसीआर टेष्ट रोकियो

काठमाडौं- शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा किट अभावले पिसिआर परीक्षण रोकिएको छ ।

अस्पतालका निर्देशक डा सागरराज भण्डारीले किट अभावले आजदेखि पिसिआर परीक्षण स्थगित गर्नु परेको बताउनुभयो । उहाँले बाहिरबाट समयमा किट नआएपछि पिसिआर परीक्षण रोकिएको बताउनुभयो ।

“हामीले पहिले दैनिक २०० देखि ३०० परीक्षण गर्दै आइरहेका थियौँ”, उहाँले भन्नुभयो, “अहिले दैनिक ५०० देखि ६०० सम्म परीक्षण हुन थाल्यौँ । त्यसैले किट सकियो ।” उहाँका अनुसार आगामी आइतबारदेखि पुनः पिसिआर गरिनेछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.