एमाले नेता पशुपति चौलागाईंको निधन

काठमाडौं– एमाले नेता एवं बागमती प्रदेश सभा सदस्य पशुपति चौलागाईंको निधन भएको छ ।

कोरोना संक्रमण भएपछि मनमोहन अस्पताल, काठमाडौंमा उपचाररत चौलागाईंको मंगलबार साँझ निधन भएको हो ।

चौलागाईं २०५६ सालमा दोलखाबाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको थियो भने दोस्रो संविधान सभामा समानुपातिकतर्फ संविधानसभा सदस्य हुनुभएको थियो । उहाँ २०७४ को निर्वाचनमा दोलखा ‘ख’बाट वाग्मती प्रदेश सभा सदस्य निर्वाचित हुनुभएको थियो ।

चौलागाईंको निधनप्रति एमाले नेताहरु सुरेन्द्र पाण्डे, योगेश भट्टराईलगायतले दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.