९३०५ नयाँ संक्रमित, १६८ जनाको कोरोनाले मृत्यु
काठमाडौंमा ३२५०, ललितपुरमा ४४८ र भक्तपुरमा २२६ गरी उपत्यकामा ३९२४ जना संक्रमित

काठमाडौं– नेपालमा गत २४ घण्टामा ९३०५ नयाँ संक्रमित थपिएका छन् ।
२०३६२ जनाको पीसीआर परीक्षण गर्दा ९२३८ र ४२४ जनाको एन्टीजेन परीक्षण गर्दा ६७ जनामा पोजेटिभ देखिएको हो ।
गत २४ घण्टामा १६८ जनाको कोरोनाले मृत्यु भएको छ ।
काठमाडौंमा ३२५०, ललितपुरमा ४४८ र भक्तपुरमा २२६ गरी उपत्यकामा ३९२४ जना संक्रमित भएका छन् ।






प्रतिक्रिया राख्नुहोस्