कोरोना महामारीबीच सरकारले खोप अभियान जारी राख्ने

काठमाडौं– सरकारले अस्पतालहरुमा अक्सिजन शैय्या र औषधिको व्यवस्था गर्नुका साथै खोप अभियान पनि जारी राख्न लागिएको जनाएको छ । दोस्रो चरणको आउँदो खोप कार्यक्रम जेठ २ गतेदेखि शुरु गर्ने काम एकसाथ अघि बढाउन लागिएको स्वास्थ्य प्रवकता डा जागेश्वर गौतमले जानकारी दिनुभएको हो ।

अक्सिजन आईसीयु बेड र भेन्टिलेटर अभाव बाहिर आएको जस्तो विकराल अवस्था नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दावी गरेको छ । कोभिड १९ का विरामी संख्या बढ्दै जाँदा स्वास्थ्य सामग्रीहरुको अभाव रहेपनि हाहाकार र विकराल भने नभएको दावी मन्त्रालयको छ। नेपाल टेलिभिजनसँग कुराकानी गर्नुहुँदै मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले आसीयु बेड थप्ने एच डियु बेड थप्ने अक्सिजन सिलिन्डर एवं लिक्युड अक्सिजन ट्यांकर ल्याउने काम भैरहेकोले तत्काल अभाव नहुने बताउनु भयो । प्रवक्ता गौतमले कोभिका विरामीलाई आवश्यक रेम्डीसिभिर ३२ हजार भाइल आइसकेको र आउनेक्रममा रहेकाले औषधि पनि तत्काल अभाव नहुने दावी गर्भनुयो।

सरकारले अहिलेको परिस्थितिको सुक्ष्म मूल्याङकन गरीरहेको र आवश्यक समन्वय पनि गरिरहेको गौतमले उल्लेख गर्नुभयो । उहाँले उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाइएको पनि जानकारी दिनु भयो । कोभिड संक्रमण सुरु भएपछि हाल सम्म १० हजार आसीयु बेड र २ हजार एच डियु बेड थप भैसकेको र अन्य बेड थप्ने काम अगाडि बढेको जानकारी उहाँले दिनुभयो ।

कोभिडको औषधि हालसम्म पत्ता नलागिसकेकोले विरामी पर्नेबाट जोगिने कुरानै महत्वपूर्ण रहेको भन्दै प्रवक्ता डा गौतमले सबैले जनस्वास्थ्यको मापदण्डको पूर्ण पालना गर्न पुनः आग्रह गर्नु भयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.