कालिमाटी तरकारी बजार बन्द भएपछि धादिङमा उत्पादित तरकारी अलपत्र

जुनसुकै तरकारीको मुल्य प्रतिकिलो ७ रुपैँया हुँदा पनि बिक्रि भएन

धादिङ- धादिङमा उत्पादित हरियो तरकारीको मुख्य बजार कालीमाटी तरकाी बजारमा तरकारी बेच्न बन्द भएपछि तरकारी उत्पादक किसानहरु समस्यामा परेका छन ।

कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि तरकारी बजार बन्द भएपछि अहिले धादिङका किसानहरुले उत्पादन गरेको तरकारीको मुल्य नै नगरी तरकारी संकलन केन्द्रहरुमा छाड्न थालिएको छ ।

जिल्लामा उत्पादित तरकारीको मुख्य बजार काठमाण्डौं भएको र हाल कोरोनाको संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले राजधानी लगायतका स्थानहरुमा निषेधाज्ञा लागु गरेसँगै धादिङबाट तरकारी विक्रिका लागि काठमाण्डौं लैजान पनि क्रमिक रुपमा घट्दै गएको थियो ।

धादिङ जिल्लामा उत्पादित पचहत्तर प्रतिशत तरकारी विक्री गर्ने मुख्य बजार नै काठमाण्डौंको कालीमाटी तरकारी बजार हो ।

अहिले कालीमाटी तरकारी बजार बन्द भएपछि किसानहरु झनै समस्यामा परेको गुनासो गर्छन ।

तरकारी संकलन गरी कालीमाटीलगाएत अन्य बजारमा लगेर विक्रि गरिदिने विक्रेताहरु भने सबै प्रकारको तरकारीको मुल्य प्रतिकिलो सातदेखि दश रुपैँया भएको बताउँछन ।

यसरी प्रतिकिलो तरकारीको मुल्य दश रुपैँयामा विक्रि गर्दा किसानहरुको उत्पादन मुल्य पनि नउठ्ने र विक्री गरिदिने विक्रेताहरुको गाडि भाडा तिर्न समेत नपुग्ने भएपछि अब तरकारी के गर्ने भन्ने चिन्तामा तरकारी संकलकहरु पनि परेका छन ।

संकलन केन्द्रहरुमा किसानहरुले तरकारी ल्याई त्यतिकै छाडिदिएको बताउदै विक्रि नभए तरकारीहरु सबै फाल्नु पर्ने अवस्था आएको शहकारी संञ्चालकहरुको भनाइ छ ।

गत वर्ष पनि तरकारी उत्पादनको मुख्य समयमा कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको लक डाउनका कारण यस्तै अवस्था आई घाटा बेहोरेका तरकारी उत्पादक किसानहरु यस वर्ष पनि घाटा बेहोर्नु परेको गुनासो गर्छन ।

अब पोखरा र चितवन जाने तरकारी पनि बन्द भएपछि झनै समस्या आउने उनीहरुको भनाइ छ ।

दैनिक काठमाण्डौँको कालीमाटी तरकारी बजारमा मात्र धादिङ जिल्लाका एक दर्जन भन्दा धेरै तरकारी संकलन गर्ने शहकारीहरुले एक सय चालिस टन तरकारी पठाउने गरेको तथ्याङ्कक छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.