कुल गार्हस्थ उत्पादनमा बागमती प्रदेशको योगदान सबैभन्दा बढी, कर्णालीको कम

काठमाडौं– मुलुकको कुल गार्हस्थ उत्पादनमा बागमती प्रदेशको योगदान सबैभन्दा बढी करिब ३८ प्रतिशत र कर्णाली प्रदेशको योगदान सबैभन्दा कम ४ प्रतिशत रहेको तथ्याङ्क सार्वजनिक भएको छ ।

केन्द्रीय तथ्याङ्क विभागले हिजो सार्वजनिक गरेको प्रादेशिक कुल गार्हस्थ उत्पादन सम्बन्धी तथ्याङ्क अनुसार बागमती पछी सबैभन्दा बढी योगदान क्रमश: प्रदेश नम्बर १, लुम्बिनी प्रदेश, प्रदेश नम्बर २, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको रहेको छ ।

माघ, फागुन र चैत्र महिनामा संकलन गरिएको सूचनाका आधारमा विभागले चालु आर्थिक बर्षमा कुल गार्हस्थ उत्पादन उपभोक्ताको मुल्यमा ४२ खर्ब ६६ अर्ब हुने अनुमान गरेको छ । यसैगरि विभागले कुल गार्हस्थ उत्पादनमा बाग्मती प्रदेश बाहेक सबै प्रदेशमा कृषि क्षेत्रको योगदान सबैभन्दा बढी रहेको जनाएको छ ।

अन्तर्राष्ट्रिय स्तरको औद्योगिक वर्गीकरणका आधारमा १८ वटा आर्थिक क्रियाकलापका आधारमा अनुमान गरिएको तथ्याङ्क विभागले जनाएको छ । साथै चालु आर्थिक बर्षमा हुने ४.०१ प्रतिशतको आर्थिक वृद्धिलाई सन्तोषजनक मान्नुपर्ने पनि विभागको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.