काठमाडौंबाट हेटौँडा जाँदै गरेको माइक्रोबस दुर्घटना हुँदा ४ को मृत्युऽ ४ घाइते

मकवानपुर – काठमाडौंबाट हेटौँडा जाँदै गरेको माइक्रोबस दुर्घटना, चारजनाको मृत्यु भएको छ ।

मधेश प्रदेश ०३००१ ज ०७२० नम्बरको इभी माइक्रो मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– २, सुकौरामा दिउसो २ बजे दुर्घटना भएको  हो ।

यात्रु बहाक EV गाडी सडकबाट अं.१००० मिटर तल खसी दुर्घटना हुद दुई महिला र दुई पुरुष गरि ४ घाइते भएका छन। घाइतेहरु २ पुरुष,१ महिलालाई उपचारको लागि काठमाडौ पठाएको र १ जना महिला हेटौडा तर्फ पठाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

४ जना पुरुष को घट्ना स्थलमानै मृत्यु भएको र मृतक र घाइते को पहिचान खुल्न नसकेको घटनाको थप अनुसन्धान भैरहेको मकवानपुरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक श्याम खत्रीले बताए।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.