ललितपुरमा पाँच जना भन्दा बढी जम्मा हुन नपाउने

काठमाडौं– ललितपुरमा रातो मच्छिन्द्रनाथ रथ रहेको आसपासको क्षेत्र र मिन नाथको रहेको आसपासको क्षेत्रमा पाँच जना भन्दा बढी जम्मा हुन नपाउने गरी निषेधिज्ञ क्षेत्र तोकिएको छ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारीले एक सूचना जारी गर्दै रातो मच्छिन्द्रनाथको रथ रहेको पूर्वमा मदन स्मारक स्कुल अगाडिको चोक, पश्चिम रातो मच्छिन्द्रनाथको रथ रहेको बारुण यन्त्र रहेको स्थान, दक्षिण सेन्ट सेभियर्स स्कुल अगाडिको चोक (अल्का मोड) र उत्तर लाबिम मल पश्चिमपट्टिको सडकमा हुलदुंगा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जनाभन्दा बढी मानिस जम्मा हुन नपाउने गरी निषेधित क्षेत्र तोकिएको छ ।

यसैगरी मिन नाथको रथ रहेको आसपासको क्षेत्र पूर्व गणेशस्थान मन्दिर, पश्चिम टवहाल चोक, दक्षिण इति चोक र उत्तर टंगल चक्रवहिली गल्ली क्षेत्रलाई पनि निषेधित क्षेत्र तोकिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.