नेपालमा संक्रमितको संख्या केही कमी, मृत्यु भने उस्तै

२४ घण्टामा ८१६७ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ

काठमाडौं– नेपालमा कोरोना भाइरस संक्रमितको संख्यामा केही कमी आएको छ ।

गत २४ घण्टामा ८१६७ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १८ हजार ५ सय ४८ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा ८१६७ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा १ सय ८७ जनाको मृत्यु रेकर्ड थप भएको छ । उक्त संख्या नेपाली सेनाले विभिन्न मितिमा शव व्यवस्थापन गरेकासमेत जोडर भएको हो ।

मन्त्रालयका अनुसार ५४५५ जना निको भएका छन् ।

काठमाडौंमा २१४६, भक्तपुरमा ३४७ र ललितपुरमा ४४४ जना गरी गत २४ घण्टामा काठमाडौं उपत्यकामा २९३७ जना संक्रमित भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.