नागरिकले ज्यान गुमाउन नपर्ने गरी काम अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं- आर्थिक स्रोतको अभाव र प्रकृयागत झन्झटका कारण जनताले अकालमै ज्यान गुमाउनु परेको भन्दै तत्काल प्रकृयागत झन्झटलाई सहज बनाएर काम अघि बढाउन कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिनुभएको छ ।

आज सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री ओली समेत सहभागि हुनु भएको थियो ।

सिसिएमसीले प्रधानमन्त्रीको निर्देशन अनुसार तत्काल काम अघि बढाउने समेत निर्णय गरेको बैठक पछि परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले जानकारी दिनुभयो ।

सामाग्री खरिद प्रकृयादेखि अन्य काम समेत कानुनी रुपमा झन्झटिलो हुँदा जनताले ज्यान गुमाउनु परेको भन्दै सरकारले तत्काल संकट व्यवस्थापनमा अघि बढ्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

सिसिएमसीले अक्सिजन उद्योगले खपत गरेका विद्युत महसुलमा छुट दिने, भारतबाट निर्यात गरिदै आएको लिक्वीड अक्सिजनलाई थप निरन्तरता दिने , ट्याङकर र सिलिण्डर आपूर्ती बढाउने लगायतका निर्णय गरेको ज्ञवालीले जानकारी दिनुभयो ।

सरकारले चीनबाट चार सय थान र ओमनबाट ५६१ थान सिलिण्डर ल्याइ सकेको छ । ल्हासा हुँदै तातोपानीबाट सिलिण्डर ल्याउने काम भएकाले अव अक्सिजनको समस्या खेप्नु नपर्ने समेत ज्ञवालीले बताउनुभयो ।

कोरोना भाइरस संक्रमणको संख्या हेर्दा अघिल्लो सातामा ५६ हजार र यो साता ६३ हजार पुगेको थियो भने ३ दिन देखिको तथ्याङक हेर्दा संक्रमितको संख्या कम हुदै गए पछि संक्रमणको ग्राफ कम हुँदै जाने विश्वास समेत सरकारले लिएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.