ओली- नेपाल भेटवार्ता: विवाद समाधानका लागि १० सदस्यीय कार्यदल बनाउने सहमति (नामावलीसहित)

कठमाडौं- नेकपा एमालेको अन्तरिक समस्या समाधान गर्न दुबै तर्फबाट पाँच-पाँच जना सदस्य रहने गरी कार्यदल गठन भएको छ ।

अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता नेपालबीच सिंहदरवारमा भएको छलफलमा सो सहमति भएको हो । कार्यदललाई तीन दिनको समय दिइएको छ ।

कार्यदलमा नेता सुवासचन्द्र नेम्वाङ्ग र भीम रावलले नेतृत्व गर्नुहुने वार्तापछि नेता नेपालले पत्रकारहरुलाई जानकारी गराउनुभयो ।

कार्यदलका अन्य सदस्यहरूमा अध्यक्ष केपी ओलीका तर्फबाट, विष्णु पाैडेल, प्रदीप ज्ञवाली, शंकर पाेखरेल र विष्णु रिमाल रहनु भएकाे छ भने नेता नेपालका तर्फबाट घनश्याम भुषाल,गाेकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहनुभएकाे नेता नेपालले जानकारी दिनुभयाे ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.