वीरगञ्जमा एकै दिनमा १० जना संक्रमितको मृत्यु

पर्सा- वीरगन्जको विभिन्न अस्पतालमा भर्ना भएका १० जना कोरोना सङ्क्रमितको उपचारको क्रम्मा मृत्यु भएको छ । पछिलो २४ घण्टा भित्र वीगन्जको विभिन्न अस्पतालमा भर्ना रहेका ७ जना पुरुष र ३ जना महिलाको उपचारको क्रम्ममा मृत्यु भएको हो ।

वीरगन्जको नारायणी अस्पतालमा भर्ना रहेका ६ जना, भवानी अस्पतालमा भर्ना रहेका २ जना र वीरगन्ज हेल्थ केयर अस्पताल भर्ना रहेका १ जना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकिय अधिकृत विनय श्रीवास्तवले जानकारी दिनुभयो । उहाँले पछिलो २४ घण्टा भित्र पर्सा जिल्लाका ६ जना, बाराका २ जना र सर्लाही जिल्ला निवासी १ जना सङ्क्रमितको उपचारका क्रम्मा मृत्यु भएको बताउनुभयो ।

कोरोना सङ्क्रमणका कारण मृत्यु हँुनेमा वीरगन्ज–१६ निवासी ५२ वर्षीय पूरुषको हिजो विहान ९ः४० बजे, वीरगन्ज–८ निवासी ५२ वर्षीय पूरुषको विहान ३ बजे,वीरगन्ज-२२ निवासी ४५ वर्षीय पूरुषको विहान ६ः०५ बजे, वीरगन्ज–१० निवासी ६५ वर्षीय पुरुषको हिजो विहान ११ः४५बजे, पर्साको सखुवा प्रसौनिय गाँउपालिका– २ निवासी ७० वर्षीय पूरुषको विहान ३ः१५ बजे र पर्सा कै कालिकामाई गाँउपालिका–२ निवासी पुरुषको विहान ७ः०५ बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

त्यसैगरी, बाराको कलैया–२४ निवासी ५५ वर्षीय महिलाको हिजो साँझा ७ः०५ बजे,बाराको कलैया –७ निवासी ४६ वर्षीय पुरुषको हिजो अपराह्न्न १ः४५ बजे , बाराकै गडहल–६ निवासी ५० वर्षीय महिलाको अपराह्न्न १ः५०बजे र सर्लाहीको लालबन्दि–४ निवासी महिलाको हिजो विहान ११ बजे उपचारको क्रम्मा मृत्यु भएको स्थानिय प्रशासनले जनाएको छ ।

योसँगै पर्सामा कोरोना सङ्क्रमण कै कारण मृत्यु हुनेको संख्या १ सय ५१ पुगेको छ भने गत फागुन महिनाको दास्रो सातादेखि देखा परेको सङ्क्रमणको देस्रो लहरमा मात्रै पर्साका ९६ जना सङ्क्रमितको हिजो (जेष्ठ ३ गते )सम्म मृत्यु भइसकेको छ ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.