एयर इन्डियामा साइबर आक्रमण, ४५ लाख यात्रुको गोप्य सूचनाहरु चोरी

नयाँ दिल्ली– भारतको सरकारी विमान कम्पनी एयर इन्डियामा साइबर आक्रमण भएको छ ।

साइबर आक्रमणबाट विगत १० बर्षमा सो विमान कम्पनीबाट यात्रा गर्ने करिब ४५ लाख यात्रुको गोप्य सूचनाहरु चोरी भएको छ । यात्रु सेवा प्रणालीमा गरिएको आक्रमणबाट सबै यात्रुको नाम, जन्म मिति, राहदानीको विवरण, सम्पर्क नम्बरका साथै बैंकको डेबिट कार्ड र क्रेडिट कार्ड लगायतका व्यक्तिगत सूचनाहरु चुहावट भएको एयर इन्डियाले जनाएको छ ।

बैंकबाट कारोबार गरिएको अवस्थामा सबै पासवर्डहरु परिवर्तन गर्न र नचिनिएका इमेललाई नखोल्न तथा कुनै पनि अन्जान एसएमएस नपढ्न पनि एयर इन्डियानले आफ्ना यात्रुहरुलाई आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.