प्रतिनिधि सघा विघटनविरुद्ध रिट दर्ता गर्दै विपक्षी

काठमाडौं– प्रतिनिधिसभा विघटनको विरोधमा रहेका विपक्षी दलहरुले विघटनविरुद्ध सर्वोच्च अदातलमा रिट दर्ताको तयारी गरेका छन् ।
नेपाली कांग्रेस, माओवादी केन्द्र लगायत विपक्षी गठवन्धमा रहेका पाँच दलले रिट दर्ताका लागि सांसदहरुको हस्तक्षर र नागरिकताको प्रमाणपत्र संकलन गरेका गरेका छन् । संविधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार गठनका लागि सांसद शेरबहादुर देउवाको समर्थन गरेका १ सय ४९ जना सांसदको नागरिकता र सनाखत गरिएको नेताहरुको भनाइ छ ।
रिट दर्ताका लागि आज विपक्षी नेता देउवालाई समर्थन गर्ने सांसदहरु सर्वोच्च जाने तयारी भएको जानकारी पनि नेताहरुले दिनु भएको छ ।






प्रतिक्रिया राख्नुहोस्