अजिरकोटको भिरकुनामा घरघरै धारा

गोरखा- गोरखाको अजिरकोट गाउँपालिका वडा नम्बर २ भिरकुनामा घरघरै धारा जडान भएपछि स्थानीय खुसी भएका छन् ।

गण्डकी प्रदेश सरकारको हरेक घरमा धारा पुर्‍याउने योजना अनुसार त्यहाँ २० घरधुरीलाई पानी बितरण गरिएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गोरखाले जनाएको छ ।

एक सय ५० भन्दाबढि स्थानीयले पानी सहज रुपमा उपभोग गर्न पाएका खानेपानी उपभोक्ता समितिका अध्यक्ष रामबहादुर गुरुङले बताउनुभयो ।

प्रदेश सरकारको ४० लाख र करिब ६ लाख रुपैयाँको जनश्रमदानबाट निर्माण भएको उक्त आयोजनामा १२ घनमिटरको ट्याङ्की, आरसीसी इन्टेक एक, पानी संकलन टंकीट्याङ्की एउटा निर्माण गरिएको छ ।

फागुनबाट सुरु भएको उक्त आयोजना दुई महिना भित्रै निर्माण पुरा भएको डिभिजन कार्यालय गोरखाका प्रमुख तुल्सी बस्नेतले बताउनुभयो ।

दुई किलोमिटर टाढाबाट पानी घरमै झरेपछि यस अघि कुवाको पानी बोकेर पिउँदै आएका स्थानीयलाई सजिलो भएको छ ।

एक गाग्री पानीका लागि एक घण्टा समय खर्चनुपर्ने बाध्यता थियो । आगनमै धारामा पानी झरेपछि महिलाहरुलाई घरधन्दा गर्न, बस्तुभाउलाई पानी खुवाउन पनि सजिलो भएको स्थानीय महिलाहरु बताउँछन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.