भारतमा डिसेम्बरसम्ममा ६० करोडलाई दुवै खोप लगाइसकिने
नयाँ दिल्ली– भारतमा आगामी डिसेम्बरसम्ममा ६० करोड मानिसलाई दुवै खोप लगाइसकिने दाबी गरिएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार आगामी जुलाईदेखि अगस्टसम्ममा खोपको अभाव अन्त्य हुने छ ।
भारतमा अहिले पनि खोपको उत्पादन र खोप लगाउने अभियान तीव्ररुपमा भइरहेको छ । भारतको जनसङ्ख्या पनि अति धेरै भएकाले सबैलाई खोप लगाइसक्न समय धेरै लाग्ने भनाई अधिकारीहरुको छ ।सामान्यतय हरेक व्यक्तिले छ महिनामा खोपको दुवै मात्रा लगाउन सक्ने र आठ हप्तामा खोपले पूर्णरुपमा काम गर्न थाल्ने छ।
स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार हालसम्म भारतमा कूल २० करोड डोज खोप लगाइएको छ । यसैबीच, भारतमा पछिल्ला केही दिनदेखि सङ्क्रमण दरमा कमी आएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमण दरमा ९।४२ प्रतिशतले कमी आएको छ भने विगत १३ दिनदेखि सङ्क्रमित हुनेभन्दा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या बढी देखिएको छ ।
प्रतिक्रिया राख्नुहोस्