हजारौँ तीर्थालुद्वारा शिव धामलगायतका धाममा छरियो सतविज

गत वर्ष भन्दा आधा बडे तीर्थालु

देवी घाट, नुवाकोट-  वालाचतुर्दशीको अवसरमा नुवाकोटको विभिन्न शिव मन्दिरहरूमा सतविज छर्ने मेला सम्पन्न भएको छ । विदुर नगरपालिका ५ देवीघाटमा रहेको शिव धामलगायत नुवाकोटका विभिन्न धाममा रहेका शिव मन्दिर तथा देवालयहरूमा सतविज छर्नका लागी रातभर जाग्राम बसेर हजारौँ सर्वसाधारणले आफ्ना दिवङ्गत पितृहरूको सम्झना गर्दे शनिवार बिहान सतविज् छरेका हुन् ।

नुवाकोटको देवीघाटस्थित शिव धाम, तारुकाको तारकेश्वर, बेत्रावती, कविलास, थानसिङ, छहरेलगायतका स्थानमा रहेका शिव मन्दिरहरूमा हजारौँ भक्तजनको भिड लागेको थियो । देवीघाटमा रहेको शिव धाममा यस वर्ष हजारौँले आफ्ना दिवङ्गत पितृहरूको सम्झनामा विदुर नगर क्षेत्रका साथै आसपासका विभिन्न स्थान तथा रसुवा, धादिङ, काठमाडौँवाट समेत सर्वसाधारण रातभर जाग्राम बसेर महाद्विप प्रज्वलन गरी शनिवार बिहान शिव धाम परिसर तथा त्रिशूली नदी किनारामा सतविज छरेको जालपा क्षेत्र विकास समितिले जनाएको छ ।

समितिका अनुसार वालाचतुदर्शीको अवसरमा रातभर शिव धाममा महाद्विप प्रज्वलन गरेर शनिवार बिहान सतविज छर्ने सर्वसाधारण गत वर्षको तुलनामा ५० प्रतिशतले वृद्धि भएको स्थानीय जालपाक्षेत्र विकास समितिका अध्यक्ष मानबहादुर डङ्गोलको भनाई छ । उनका अनुसार शिव धाममा महाद्विप प्रज्वलन गरेर सतविज छर्ने भक्तजनहरूको सुविधाका लागि समिति र विदुर नपाले ३० थान टेन्ट राखिदिएको थियो ।

विदुर नपा ५ देवीघाटमा रहेको प्रसिद्ध शिव धाम, तारकेश्वर, थानापति मन्दिर परिसरमा सतविज छर्नका लागी भक्तजनको विशेष मेला लागेको रातभर जाग्राम बसेर सतविज छरेम आफ्ना दिवङ्गत पितृहरूको उद्धार हुने र वैकुण्ठ वास हुने कारण भक्तजनहरू शिव मन्दिरमा पुगेर व्रत बसी महाद्विप पनि प्रज्वलन गर्ने गरेको शिव धामका पुजारी हरिप्रसाद सापकोटाले  बताउनुभयो । महाद्विप प्रज्वलन गरी सतविज छर्नेहरुले सम्पुर्ण मानव कल्याण र विश्वशान्तिको कामना गरेको उहाँको भनाई छ ।

देवीघाटको शिवाधाममा १० हजार सर्वसाधारणले शनिवार बिहान भगवान् शिवको पुजा अर्चना गर्दै सतविज छरेका हुन् । शिव धामका साथै बट्टारको राम मन्दिर, वट्टार हावाघरको श्रीकृष्ण मन्दिर, दुङ्गेमा रहेको शिब मन्दिर, त्रिशूलीको राम मन्दिर, कोलोनीको शिब मन्दिरलगायतका मन्दिरहरूमा सतविज छर्नका लागी भक्तजनको भक्तजनहरूको भिड लागेको थियोे ।

शिव धाममा व्राम्हण, क्षेत्री, आदिवासी जनजाति, नेवारलगायत सबै समुदायका सर्वसाधारणले महाद्विप प्रज्वलन गरी सतविज छरेका थिए । रातभर जाग्राम बसेर बिहान शिव मन्दिर तथा त्रिशूली नदीको किनारामा विभिन्न गेडागुडीको सतविज छर्ने पुरानो परम्परागत चलन कायमै रहेको स्थानीय देवी घाट जालपा क्लबका नवीन चित्रकारले बताउनुभयो ।

मन्दिर परिसरमा रातभर भजनकिर्तन गरिनुका साथै तीर्थालुहरुको सुविधाको लागि उचित रूपमा सुरक्षा प्रबन्ध गरेको थियो ।  यसका साथै नुवाकोटको कोलोनी, कविलासका रहेको शिव मन्दिरमा सतविज छर्ने विशेष पूजाआजा सम्पन्न भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.