रसियन खेलाडीमाथि म्याच फिक्सिङको आरोप
विश्व टेनिसको प्रमुख प्रतियोगीता फ्रेन्च ओपन टेनिसमा महिला खेलाडी खेल मिलेमतो अर्थात म्याच फिक्सिङको आरोपमा पक्राउ परेकी छीन् ।
२६ वर्षे रसियन खेलाडी याना सिजिकोवालाई पुलिसले फिक्सिङको आरोपमा प्रहरीले हिरासतमा लिएको थियो । महिला डबल्समा सहभागी भइरहेकी याना पहिलो खेलमा नै पराजित भएकी थिइन । यानाको जोडीका रुपमा एकातेरिना अलेक्जेंद्रोवा थिइन्।
सो खेलमा ६-१ र ६-१ ले पराजित भएको सो जोडीले दोस्रो सेटको पाँचौं खेलमा डबल फल गरेर अंक गुमाएपछि खेलमा मिलोमतोको शंका गरिएको थियो ।।
प्रतिक्रिया राख्नुहोस्