यूरोकप आजदेखि
बेल्जियम– मिनि वर्ल्डकप भनेर चिनिने युरोकप २०२० को संस्करण एक वर्षपछि आजबाट सुरु हुँदैछ ।
विश्वव्यापिरुपमा फैलिएको कोरोना महामारीका कारण प्रतियोगिता एक वर्षयता धकेलिएको हो । सन् १०६० मा पहिलोपटक आयोजना भएको युरोकप त्यसपछि हरेक चार वर्षको अन्तरालमा आयोजना हुने गरेको हो । जुन ११ देखि जुलाई ११ सम्म संचालन हुने यस वर्षको युरोकपमा २४ राष्ट्र सहभागी हुँदैछन् ।
युरोकपको ६०औं जन्मदिन मनाउने क्रममा यसपटकको युरोकप ११ वटा फरकफरक शहरहरुमा आयोजना गर्न लागिएको हो । आजको उद्घाटन खेलमा इटलीले आफ्नो घरेलु मैदान रोममा टर्कीसँग प्रतिस्पर्धा गर्दैछ । ६ वटा समूहमा विभाजित २४ राष्ट्रहरुको फाइनल खेल भने लण्डनको वेम्बली खेलमैदानमा हुनेछ ।
समूह चरण ए अन्तर्गतको आजको पहिलो खेल रोमको स्टाडियो ओलिम्पिकमा नेपाल समय आज राती पौने एक बजे सुरु हुँदैछ ।।
प्रतिक्रिया राख्नुहोस्