गण्डकीमा २४ घण्टाभित्र मुख्यमन्त्री दाबी पेस गर्न आह्‍वान

काठमाडौं– गण्डकीमा २४ घण्टाभित्र मुख्यमन्त्री दाबी पेस गर्न आह्‍वान भएको छ ।

गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले २४ घण्टाको समय दिएर मुख्यमन्त्री नियुक्तिका लागि आधार पेस गर्न आह्वान गर्नुभएको हो । शनिबार दिउँसो ३ बजेसम्म मुख्यमन्त्री नियुक्तिका लागि आधार पेस गर्न पौडेलले प्रदेश सभा सदस्यहरुलाई आह्‍वान गर्नुभएको हो ।

संविधानको धारा १६८(३) अनुसार नियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विश्वासको मत नपाएपछि स्वत: पदमुक्त भएपछि १६८(५) अनुसार मुख्यमन्त्री चयनको प्रक्रिया सुरु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.