२४ घण्टामा थपिए २८२८ संक्रमित, ३०८२ संक्रमणमुक्त

काठमाडौं, गत २४ घण्टामा नेपालमा कोभिड १९ बाट थप २८२८ जना संक्रमित भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६८८७ जनाको पीसीआर र ४३३५ जनाको एन्टीजेन गरी १३०२२ जनाको परीक्षणमा २८२८ जना संक्रमित भएका हुन् ।
सोही अवधिमा कोरोनाबाट ३०८२ जना संक्रमणमुक्त भएका छन् । नेपालमा संक्रमणमुक्त हुने दर ८८.५ प्रतिशत पुगेको छ ।
मन्त्रालयका अनुसार ५२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । हालसम्म नेपालमा ८५५८ जनाको मृत्यु भएको छ ।
उपत्यकामा पनि संक्रमण घटिरहेको छ । काठमाडौंमा ३५४, भक्तपुरमा ७९ र ललितपुरमा ६६ जना संक्रमित भएका छन् ।






प्रतिक्रिया राख्नुहोस्