कोरोना संक्रमण स्थिर, मृत्युमा भने कमी

काठमाडौं– नेपालमा कोरोना भाइरस संक्रमण स्थिर अवस्थामा रहेको छ । तर, मृत्यु भने निरन्तर कम भइरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका गत २४ घण्टामा अनुसार १४ हजार ३ सय ५१ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा २ हजार ४ सय ७६ जना संक्रमित भएका छन् ।

गत २४ घण्टामा ५ हजार ४ सय ५५ जना संक्रमणमुक्त भएका छन् । नेपालमा निको हुने दर ९१ दशमलव ३ प्रतिशत छ ।

मन्त्रालयका अनुसार गएको २४ घण्टामा २७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.