यूरोकपमा नकआउट चरणका खेल आजदेखि

काठमाडौं– यूरोकप २०२० अन्तर्गत अन्तिम १६ को नकआउट चरणका खेलहरु आजबाट सुरु हुँदैछन् ।

समूह चरणका खेलहरु समाप्त भएसँगै आजबाट यूरोकपमा सहभागी २४ टोलीमध्ये १६ टोलीहरुको दोस्रो अर्थात नकआउट चरणका खेलहरु आजबाट सुरु हुन लागेका हुन् ।

आजको पहिलो प्रिक्वाटर फाइनल खेल अन्तर्गत डेनमार्क र वेल्स प्रतिस्पर्धा गर्दैछन् । वेल्स समूह विजेता हो भने डेनमार्क समूह बी को उपविजेता हो । नेदरल्यान्डसको आमस्टार्डममा सम्पन्न हुने सो खेल नेपाली समय अनुसार बेलुका ९ः४५ बजे सुरु हुँदैछ ।

दोस्रो खेल इटली र अष्ट्रियाबीच हुँदैछ । इटली समूह ए को विजेता टीम हो भने अष्ट्रिया समूह सीको उपविजेता हो । इटली समूहचरणको खेलमा निकै बलियो देखिएको छ ।

इटली समूहचरणको ३ खेलमा ७ गोल सहित ९ अंक बटुल्दै समूह ए बाट शिर्षस्थानमा रहँदै अन्तिम १६ मा आइपुगेको हो । इटली आफ्नो अपराजित यात्रालाइ निरन्तरता दिने दाउमा छ भने अष्ट्रिया इटलीलाइ रोक्ने दाउमा मैदानमा उत्रदै छ । लन्डनको वेम्ली स्टेडियममा सम्पन्न हुने दोस्रो खेल नेपाली समय अनुसार मध्यरात १२ः४५ बजे बाट सुरु हुँदैछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.