एक तिहाइमा भयो रोपाइँ

काठमाडौं– असारको मध्यसम्म आइपुग्दा देशभर झण्डै एक तिहाइ क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ ।

समयमा मनसुन सक्रिय भएर बर्षा भएसँगै देशभर वर्षे धान रोपाइँ सुरु भएको हो। असार १४ गतेसम्म देशभर झण्डै तीन लाख ७१ हजार ९५८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको कृषि विभागले जनाएको छ ।

नेपालभर १३ लाख ७१ हजार ७ हेक्टर क्षेत्रफलमा धान खेति हुने कृषि विभागको तथ्याङ्क छ। ।समयमै पर्याप्त वर्षा भएको कारण देशभर यसवर्षको रोपाइँ उल्लासमय बनिरहेको छ ।

७७ जिल्लामध्ये रामेछापमा यस वर्ष कम पानी परेका कारण रोपाइँमा ढिलाइ भएको बताइएको छ। कुल धान उत्पादनको झण्डै ७५ प्रतिशत हिस्सा ओगट्ने प्रदेश दुईमा भर्खर रोपाइँ सुरु भएको छ ।

कर्णाली प्रदेशमा सबैभन्दा धेरै ६२ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सकिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.