एमाले महाधिवेशन आयोजक कमिटी भंग हुँदै, पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा फर्काउने निर्णय

काठमाडौं– नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी आज भंग हुने भएको छ । आज बस्ने आयोजक कमिटी बैठकले पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा फर्काउने औपचारिक निर्णय लिनेछ ।

मंगलबार बसेको स्थायी समिति बैठकले पार्टीलाई २०७५ जेठ २ गते फर्काउने निर्णय गरेको थियो । प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार बिहीबार एकतापूर्वको केन्द्रीय कमिटी बैठकसमेत बोलाउने तयारी छ ।

माधव नेपाल समूहले माओवादी केन्द्रसँगको एकतापूर्वको अवस्थामा फर्काउनुपर्ने अडान राखेको थियो । सर्वोच्च अदालतले पनि महाधिवेशन आयोजक कमिटीको वैधानिकतामा प्रश्न उठाएपछि पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा फर्काउने औपचारिक निर्णय भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.